तिमी मेरी भै’नौ त्यसकै शोकमा पिएँ,
तिम्ले दे’को घातहरूको झोकमा पिएँ
आँसुका प्याला, पीडाका सितन सिध्याएँ,
भरिएन पेट मायाको भोकमा पिएँ
पिएरै रित्याईदिऊँ कि दुखी: जिन्दगी?
गल्ली गोरेटो अनि चोक-चोकमा पिएँ
होलसेलमै मायाँ धाराशाही बनायौ,
बानी परे’सि खुद्रा अनि थोकमा पिएँ
पेट पोल्ने अनि कान तातो हुने रै’छ,
यतिकै त नसकिने भो कोकमा पिएँ
१५/०१/२०६८ “सुमन काले”

hirdaya lai 6une khalko
wa wa suman ji great gajal its very pragmatic.yar heart touching.keep it up.
govinda
thnx…..
thnx mitra………..