ओईलिएको, ओठमाथि, मुस्कान, छरिदेऊ तिमी,
मेरा गजल, गीतहरू, मिठास, भरिदेऊ तिमी
उदायो जुन, घाम ढल्यो, मनको, आगो निभेन खै?
मेरो मनमा, शीत बनी, सितल, झरिदेऊ तिमी
एक्लो बिहान, एक्लै रात, हिउँदे, सिरेटोहरूमा,
जाडोले म त, काम्न थालें, नजिक, सरिदेऊ तिमी
तिमी हौ मेरी, मैना चरी, तिमी नै, मेरी गौंथली हौ,
तिम्रै निम्ति हो, माया को यो, जालमा, परिदेऊ तिमी
उथल्पुथल, जवानी यो, गाह्रो छ, भेल एक्लै काट्न,
मेरै बाहुमा, अटाएर, जङ्घार, तरिदेऊ तिमी
रहर साँचें, तिम्रै लागी, हठात्, बाँचें तिम्रै लागी,
जिन्दगीलाई, यो “काले”को, सम्मान, गरिदेऊ तिमी
१०/०१/२०६८ “सुमन काले”
