छैन गन्तब्य तर पनि हतारमा छु म,
अन्योल ग्रस्त मायाको संसारमा छु म!
न त सक्छु तिमीलाई छोड्न न त बाबु आमा,
भित्र बाहिर पाइला राखी संघारमा छु म!
यस्तो छ परिस्थिति निर्णय भन के लिऊँ ?
कसैसँग सम्बन्ध नतोड्ने बिचारमा छु म!
तिमी छौ म छु अरु के छ विश्वास बाहेक ?
केवल तिम्रै भर छ मायाको आधारमा छु म!
भेल छ, बाढी छ, आँधी-तुफान आउँदै छ रे,
आऊ न समाऊ हात मेरो, जंघारमा छु म!
भित्र बाहिर पाइला राखी संघारमा छु म!
१४/०६/२०६५ “सुमन काले”

tapiko gajal neki man paro so
tapiko gajal neki man paro so mali pani lekhna man lago. bt aaudina kasare ho nepali ma lekhne batauna mil6 vane batidinu la ……………….