जवानीमा जोश हुन्छ कसो हो त मित्र ?
बियरमा पोश हुन्छ कसो हो त मित्र ?
साथी-भाइ बसी लडाएसि दुई – चार,
आँसु पनि ठोश हुन्छ कसो हो त मित्र ?
दुखमा पिए पनि खुसीमा लिए पनि,
पिरतीकै दोष हुन्छ कसो हो त मित्र ?
गजल अनि बियर अहो कस्तो मज्जा ?
माते पनि होश हुन्छ कसो हो त मित्र ?
अरुले त देख्छन घमाइलो जिन्दगी ?
भित्र कतै ओश हुन्छ कसो हो त मित्र ?
रंग र रसमा एक छिन भुले पनि,
यात्रा सैयौं कोष हुन्छ कसो हो त मित्र ?
२६/०२/२०६८ “सुमन काले”
