देख्नु छैन भेट्नु छैन साह्रै बस्यो पिरती,
नहुनलाई हो कि त अपारै बस्यो पिरती
तिमी काँ म काँ केवल फोन को भर छ,
मोबाईल बाटै कसम खा’रै बस्यो पिरती
कस्ती हौली काँ हौली सोचीर’न मन लाग्छ,
यती धेरै कती भनु? संसारै बस्यो पिरती
नभेट्दा त यस्तो भा’छ, भेटेपछि के होला?
हर सपनीमा तिमी आ’रै बस्यो पिरती
धरोधर्म मेरो “काले” तिमी बिना मर्छु भन्यौ,
मलाइ पनि तिम्रै झल्को ला’रै बस्यो पिरती
देख्नु छैन भेट्नु छैन साह्रै बस्यो पिरती,
१८/०४/२०६८ “सुमन काले”
