तिम्रै निम्ति अलिकति सास छ बाँकी अँझै,
आउँछौ कि तिमी भन्ने आश छ बाँकी अँझै
किन बर्सन्छ आँखाहरू बल्ल थाहा पाएँ,
यै आँखामा त्यो रुपको बाश छ बाँकी अँझै
मायासँगै मेरो मन कुल्चेर गयौ तिमी,
अधकल्चो जिउँदो यो लास छ बाँकी अँझै
आँसु सँगै आफैँलाई रित्याईसकेँ मैले,
पीडारुपी सितनको ह्रास छ बाँकी अँझै
तिम्रै बोलीले बाटो छेक्छ, मर्न सकिन म,
संगै बाँच्ने कसमको त्राश छ बाँकी अँझै
०५/०३/२०६८ “सुमन काले”
