बनैभरि गुराँस फुल्यो तिमी छौ कि कतै ?
डाली डाली भवँरा डुल्यो तिमी छौ कि कतै ?
रंगीन छ मौसम कोईली गाउँछे बनमा,
झरीपछि आकाश खुल्यो तिमी छौ कि कतै ?
आरु फुल्यो रातै सेतै जोवन फुल्छ अब,
यौवनमा रङ्ग घुल्यो तिमी छौ कि कतै ?
गौंबारीको लहर झैं यो मन बहकियो,
रहरमा पिरती झुल्यो तिमी छौ कि कतै ?
अहो ! यो चंचलता लौन सम्हाल मलाई,
यो “काले” ले संसारै भुल्यो तिमी छौ कि कतै ?
२४/१२/२०६७ “सुमन काले”
