मगमगायो बाबरी फुल भवंरा अलपत्र,!


भर्खर भर्खर लाग्यौ अरे सोह्र पुगी सत्र,
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

अरु कुरा बिर्सें मैले तिमि आउँछौ यादमा,
हुन हो कि नहुन हो? राज गर्छौ एक छत्र,
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

ओठै राम्रो पानपाते,ठुला ठुला आँखा तिम्रा,
के भो के भो पागल मन, पोखियो यत्र तत्र!!
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

रेशमी त्यो केश तिम्रो जुन जस्तो मुहार छ,
तिम्रै रुपको बर्णन गर्दै, लेखें मैले पत्र,
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

निन्द्रा छैन भोक छैन तिमीलाई भेटेदेखि,
हुन्छ भनिदेउ “राधा” छिट्टै, मर्छु म त नत्र !!!
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!
०१/०३/२०६८ “सुमन काले”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *