Skip to content

रुँदा रुँदै तिम्रै काख, मरेको पनि थाहा नहोस


तिम्रो मेरो प्रेम कथा, दुई दिनको आहा नहोस,
ला’को माया छुटाएर, दुनियाको हाहा नहोस

तिमी हुन्छौ म हुनेछु, यौटा बेग्लै संसार बनाउँ,
दुखमा नि खुसी खोजौं, विलासिताको चाहा नहोस

यौटा सानो घर होस्, बिस्वासको आधार बनोस,
सामिप्यता तिम्रो मेरो, बल्झिरहने घाहा नहोस

जति मैले चाहेको छु, त्यति नै मलाई प्रेम गर,
रुँदा रुँदै तिम्रै काख, मरेको पनि थाहा नहोस

यो जुनीमा पुरै बाचौं, अर्को जुनि त होला नहोला,
प्रार्थना छ हाम्रो प्रेम, अल्पायुमा नै दाहा नहोस

रहर छैन मलाई, ईतिहास मै नाम लेखाउँ,
बैरी नहुन् कोहि पनि, भगवान्लाई डाहा नहोस

तिम्रो मेरो प्रेम कथा, दुई दिनको आहा नहोस,
ला’को माया छुटाएर, दुनियाको हाहा नहोस

१२/०८/२०६८ “सुमन काले”

1 thought on “रुँदा रुँदै तिम्रै काख, मरेको पनि थाहा नहोस”

  1. सुमन g
    mitho gajal pasknu

    सुमन g

    mitho gajal pasknu vo

    yo serle ta man 6oyo
    तिम्रो मेरो प्रेम कथा, दुई दिनको आहा नहोस,
    ला’को माया छुटाएर, दुनियाको हाहा नहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *