मेरो मायाँलाई तिमीले खोट लगायौ,
उखेली गुलाब काँडाको बोट लागायौ
मनै त हो नि मेरो पनि दुख्छ पिंडामा,
थाहा हुँदा हुँदै तिमीले चोट लगायौ
हात समाई लग्यौ भीरमा अनि धकेल्यौ,
आफ्नो भने जिन्दगीलाई ओट लगायौ
तिम्रै मायाँले हेर म त भएँ लौरी झैं,
हाँसी-खुसी जिउमा तिम्रो मोट लगायौ
जोगी भएँ तिम्रै पिरले रोगी भएँ म,
नंग्याएर मलाई आफुँ कोट लगायौ
आफ्नो भने जिन्दगीलाई ओट लगायौ
२८/०४/२०६८ “सुमन काले”