सधैं आउनु सपनीमा मेरा खुसी अग्लिरहुन,
भिजोस सिरानी हरबिहान आँखाहरू पग्लिरहुन
कस्तो जादु गर्यौ तिमीले यति धेरै माया बस्यो
मेरा यी आँखाहरूमा कल्पित तिम्रै छायाँ बस्यो
नदेखेकी मेरी माया कोईलीको झैं उनको बोली
कतै टाढा एकलासमा मेरै याद गर्दै होली
भेट्न मन लाग्छ तिमीलाई देख्न मन लाग्छ,
तिम्रै नाउँमा गजल गीत लेख्न मन लाग्छ,
मनका कुरा कसरी भनु गर्नु गर्यो दुरीले
माया त टाढा छैन “अनु” गर्नु गर्यो दुरीले
2068/04/17 (suman kale)
