मोटरसाइकलमा सरर
श्रीमतीसँग सफर
श्रीमतीको साडी फरर
मेकअप आयो है हरर
क्या रमाइलो शहर
टायर बल्यो है हरर
मुस्लो निस्क्यो नि खरर
आँसु आयो है तरर
कालोपत्र सबै कहर
ऊ भयो नि थरर
रिपोर्टिङ्ग भयो नि खरर
आन्दोलनको लहर
देश दुख्यो नि चरर
आँसु आयो है बरर
जनता भुट्यो नि परर
रगत बग्यो नि नहर
क्रान्ति हुन्छ भत्रे ठहर
भयो मशानघाटको शहर
भयो शहर जहर
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
