Skip to content

काँडाको आँखामा राम्रै संसार


काँडाको पनि छ राम्रो बिचार
जसले फूलको रक्षा गर्दछ
डाँठमा फुल्दछ
सम्पूर्ण बोटकोनै रक्षा गर्दछ
जीवनको रक्षा गर्छ काँडाले
त्यसैले काँडा एउटा सैनिक हो
काँडालाई हेला नगरौं
काँडाले आफैआई खोज्दैन
प्रकृतिको सौन्दर्य कायम राख्न खोज्छ काँडाले
काँडालाई मनन गरौं
फूल टिप्न खोज्दा घोच्ने हो
सम्पूर्ण बोटको रक्षक हो काँडा
त्यसैले काँडाले भनेको मानौं
प्रकृतिको सौन्दर्यलाई कायम राखौं
काँडाको बिचार राम्रो छ
कहिले काहीँ चउरमा पनि काँडा हुन्छ
तर काँडाको कुनै दोष छैन
पल–पल सचेत भए
पल–पल होशियार भए
काँडाले कहिल्यै घोच्दैन
जीवन होशमा हिड्न काँडाले सिकाउँछ
व्रतबन्धमा व्रम्हचर्यको नियमका लागि दुम्सीको काँडा अनिवार्य चाहिन्छ
व्रम्हचर्य नियमका लागि काँडालाई बुझ्नु जरुरी छ
झोल पोका फुटाउनलाई काँडाले सजिलो हुन्छ
घरको सूरक्षाका लागि काँडाको बार वारिन्छ
काँडाले खराब काम नगर्नलाई तर्साउन सकिन्छ
त्यसैले काँडा रक्षक हो
काँडा एउटा परम्परागत ओखति हो
पहिले–पहिले इञ्जेक्सन लिएजस्तै काँडाले घोपिन्थ्यो
अहिले पनि थोरै ठाउँमा शरीरका विभित्र ठाउँमा घोप्दछन्
अनि उपचार गर्दछन्
काँडा पनि विभित्र छन्
विभित्र काँडाको विभित्र रोग हटाउने गुण छन्
काँडालाई हेला नगरौं
झुक्किएर काँडाले विझे ता पनि
काँडा झिक्दा पहिलेभन्दा दुईगुणा सुखको अनुभव हुन्छ
त्यही जीवनलाई राम्रो भनेर देखाइदिन्छ काँडाले
जुन हामीलाई नराम्रो लाग्थ्यो
दुःखको काँडा विझाएर
काँडा झिकिसकेपछि
उही जीवनमा सुखको आभास दिलाइदिन्छ काँडाले
काँडाको जिम्म्ेवारीहरु धेरै छन्
काँडाको विशेषताहरु धेरै छन्
आजका बिख्यात लेखकहरुले पनि काँडा शब्दको अवमूल्यन गरिरहेका छन्
आजका धर्म पण्डितहरुले पनि काँडा शब्दको अवमूल्यन गरिरहेका छन्
तर काँडा नराम्रो शब्द होइन
उनीहरुले यो बुझुन्
काँडा एउटा जीवनको अभित्र अङ्ग हो
सम्पूर्ण जीवन दर्शन हो काँडा
कसैलाई नराम्रो गरी नहेर भन्दछ काँडाले
हेर्दा नराम्रो देखे पनि उनीहरु मैजस्ता हुन् भन्दछ काँडा
काँडाको आँखामा भलै संसार
सबै सबै सबै राम्रो संसार
काँडाको काँधमा एउटा जिम्मेवारी उद्देश्य छ
काँडा राम्रो संसार हेर्न चाहन्छ
काँडा राम्रो संसार बनाउन चाहन्छ
त्यसैले आजैदेखि काँडालाई मनन गरौं
काँडाले भनेको मानौं
काँडाको आँखामा राम्रै संसार
काँडाको आँखामा राम्रै संसार

२०६९-०१-०१
बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *