Skip to content


हिंस्रक दानव मथि विजय गरेको चाड विजया मनाऔं ।
सभ्य शान्ति संग वली विनाको दशैं मनाऔं ।।

जुवा तासमा पैसा नफाली मादक पदार्थमा बर्वाद नभई
गरौं उत्सव दशैंको भजन कीर्तन विजयाको नाचगान गरौं ।

ऋणमा डुबेर भविष्य अंधकार नपारी
एक महीनाको गर्जो एकैदिनमा नउर्डाई दशैं मनाऔं ।

परिवारको सबै सबै सदस्य एकै ठाउँमा बसी
बर्ष भरीको सुखदुःख बाँडेर खुला दिलले दशैं मनाऔं ।

ठूला संग आशीर्वाद लिई सानालाई आशीर्वाद दिई
सम्पूर्ण नेपालीले टिका लगाएर महान् चाड दशैं मनाऔं ।

बिजु सुबेदी”विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@hotmail.com

www.bijusubedibijay.blogspot.com

1 thought on “दशैंको गीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *