Skip to content


पहिलोपल्ट जब मैले फोन लगाएँ
आउँछु भनेकी छन् बगैंचामा भेट्न
मेरो यो पहिलो भेट हुनेछ
सुन ए ! चिरबिर अनि कोकिल चरीहरू
सुन ए ! रुख , झर्झर पातहरू
सुन ए ! कल्पनाको आकारदिने बादलहरू
सुन ए ! सुगन्धित खुश्बु पवन
सुन दिलको मेरो पुकार
सुन ए ! सित्तल नीलो आकाश
सुन ए ! सहारा दिने धर्ती आमा
प्रतिक्षा गरिरहेछु म जस्को
रमणीय तलाउमा म सेतो हाँस भएर
पर्खाइमा पानीको तरङ्ग फैलाई तैरिरहेछु
उनी सेतो हँसिनी भएर नभ तलाउमा आउनेछिन्
हामी दुईबाहेक कोही हुने छैनन् यो तलाउमा
आउँदिनन् जबसम्म
मेरो सामु अगाडि उनी
हरदम आत्माको आवाजबाट गाइरहन्छु
एउटा पनि स्वास बाँकी रहेसम्म छातीमा जबसम्म
तबसम्म आवाज दिइरहन्छु
यी फूलहरूसँग नाचेर आवाज दिइरहन्छु
यी पुतलीहरूसँग नाचेर आवाज दिइरहन्छु
मेरी प्रिय…
ओ मेरी प्रिय…
मेरी प्रिय…
ओ मेरी प्रिय रागिनी…

२०६९/०२/१६
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *