पहिले
उसको बुबाले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसले आफ्नो बुबालाई “ बेइज्जत गर्न लाग्नु भएको ? पागल तालले हिँड्नुहुन्छ ?” भनेर जबर्जस्ती आधुनिक पहिरन लगाउन दिन्थ्यो ।
अहिले
उसले राष्ट्रिय पोशाकको महत्व बुझिसकेको छ । त्यसैले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसको छोराले पहिले उसले आफ्नो बुबालाई उसले गरेको व्यबहार गर्दछ ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौ
bijusubedi@gmail.com
नोट :- नेपालको राष्ट्रिय पोशाक भनेको नेपालका बिभित्र भाषा–भाषीको आफ्नो सास्कृति परम्परा झल्कने पोशाक हो, दौरा सुरुवालमात्र होइन । यी सबै पोशाकहरुको संरक्षण र सम्बर्धन गरौं ।
