म एउटा अफिसमा मेनेजरको काम गर्छु । अफिस सधैं १० बजे पुग्थेँ । आज म अफिस निस्कँदा ११ बजेछ । बाटोमा म ल्यापटप राख्ने ह्याण्डब्याग बोक्दै हिँड्दै थिएँ । सधैंजसो बाटोमा भेट्ने नियमित अनुहारको भलाद्मी जस्तो सफा सुकिलो लुगा लगाएको मान्छेले गीत गाउँदै हाँस्दै मलाई हर्दै भन्न थाल्यो ।
“हजूरको साहूले हजूरलाई भन्नेछ :- मेरो अफिसमा १० बजे आउनु पर्छ । कहिलेकाहिँ ११ बजे आए पनि केही छैन तर १२ नाघ्यो भने तिम्रो जागिर चट ।”
उसले मलाई पछ्याउँदै मलाई हेर्दै हाँसेर गाउँदै भन्दै गयो ।
“हजूरले पनि भन्नु हुनेछ म पनि यो अफिसमा चिया पकाउन आएको होइन । असिस्टेन्टको काम पनि गर्न आएको होइन । मेरो काम भनेको साइन गर्नु हो । अरु काम म गर्दै गर्दिन । काम मकहाँ पास गर्न ल्याऊ बस् । म साइन गर्छु चेकमा, साइन गर्छु चिठ्ठीमा, लेटर प्याडमा बस् । म साइन गर्छु मेरो साइन गर्ने मात्र काम हो । आखिर म पनि त मेनेजर हुँ नि । मेरो पनि त स्ट्यान्डर्ड छ नि ।”
त्यसपछि म दङ्ग हुँदै ऊसँग खुशी भएर उसलाई पर्सबाट रु.१००/- को नोट निकालेर थम्याइदिएँ । ऊ पनि दङ्ग हुँदै अर्को मुर्गा फसाउन हाँस्दै गीत गाउँदै मसँग जस्तै अर्को व्यक्तिसँग कुरागर्न तर्फ व्यस्त भयो । म पनि रमाइलो मानी दङ्ग परी लुरुलुरु ११:३० बजे यो मगाइको रमाइलो तरिका सम्झिँदै प्रफुल्लित हुँदै अफिसमा पुगेँ ।
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौ
bijusubedi@hotmail.com
www.bijusubedibijaya.blogspot.com
