Skip to content

भाग्यमानी उसै छु म हुर्के यही माटो माथि


धर्ती छोई रोएथेँ रे,
जन्मिदा त्यो पाटो माथि
भाग्यमानी उसै छु म
हुर्के यही माटो माथि ।।१।।

मातृभूमि, पितृभूमि
कर्मथलो जन्मभूमि,
दश नङग्रा खियाउँछु
यै धर्तीमा घुमीघुमी ।।२।।

अब हिड्छु आमा तिम्ले
देखाएको बाटो माथि
भाग्यमानी उसै छु म
हुर्के यही माटो माथि ।।३।।

मर्नु परे मर्छु बरु
बीस तीस शत्रु मारी,
दुधको ऋण तिर्छु आमा
स्वाभीमान उच्च पारी ।।४।।

नून चुक् छ र सहन्छु
उकाई यो खाटो माथि
भाग्यमानी उसै छु म
हुर्के यही माटो माथि ।।५।।

सगरमाथा साथै छ
गुराँस् फुल्दा बनैभरी
डाँफे मुनाल पनि नाच्ने
यै स्वर्गमा घरीघरी ।।६।।

आहा मेरो प्राण जाओस्
पुर्खाहरूको टाटो माथि
भाग्यमानी उसै छु म
हुर्के यही माटो माथि ।।७।।

धर्ती छोई रोएथेँ रे
जन्मिदा त्यो पाटो माथि
भाग्यमानी उसै छु म
हुर्के यही माटो माथि……..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *