म त पिई मर्छु बरु
तिम्ले देको जहर अब
उपहार भो तिमीलाई
गगनचुम्बी सहर अब ।।१।।
हाँसी हाँसी नाता तोड्यौ
सबको कुरा पत्याएर
धनसँग रम्न खोज्यौ
सफा मन लत्याएर ।।२।।
तिम्रै लागि माग्छु बर
पुरा होउन् रहर अब
उपहार भो तिमीलाई
गगनचुम्बी सहर अब ।।३।।
अमर भई बाँच्नु तिमी
भुली मेरा चोखो प्रीत
मलामीले शङ्ख फुक्दा
त्यही खुसीमा गाउनु गीत ।।४।।
मेरा इच्छा खुसीमा हाँस्ने
छुट्टे तिम्रा कहर अब
उपहार भो तिमीलाई
गगनचुम्बी सहर अब ।।५।।
कालले पनि बोलाउँदै
आइजो जाँऊ साथी भन्छ
माया प्रेम दया धर्म
भन्दा हुँ म माथि भन्छ ।।६।।
रुदै थोपा झार्दै जाँदा
बन्ला पक्कै नहर अब
उपहार भो तिमीलाई
गगनचुम्बी सहर अब ।।७।।
म त पिई मर्छु बरु
तिम्ले दे को जहर अब
उपहार भो तिमीलाई
गगनचुम्बी सहर अब…….दर्पण
