Skip to content

म नि संग संगै रुन्छु आऊ संगै रुने भए

आँखा बाट झरेका ती
सबै आँसु हुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।१।।

दुःख पिडा नबोकेरै
बाँचेको मान्छे को होला
एकपल्ट नरोई फेरी
हाँसेको मान्छे को होला ।।२।।

रोई रोई हाँस्न सक्छौ
मनको पिडा धुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।३।।

उकाली र ओरालीमा
कति कुरी बस्यौ होली
नदेखेर बहानामै
उस्कै घर नि पस्यौ होली ।।४।।

त्यो चोख्रो प्रितले कहीँ
उस्को मन नि छुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।५।।

चार दिनको नासो मात्रै
भगवानको बन्धकी यो
यात्रा यात्रै बिच हाम्रो
चलेको छ जिन्दगी यो ।।६।।

हाम्रो जीवन सोचे जस्तो
कल्पना झैं हुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।७।।

आँखा बाट झरेका ती
सबै आँसु हुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए …….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *