Skip to content

भिन्दा भिन्दै मत अनि,विचार देख्छु


भिन्दा भिन्दै मत अनि, विचार देख्छु ।
गजल लेखिन्छन् तर, साभार देख्छु ।

यहाँ औचित्य युक्त आँखाहरू रहेछन्
म चाहिं दृष्टिविहिनमा, संसार देख्छु ।

जस्लाई भेट्नु पर्ने त्यो अन्तै भेटिन्छ
हरेक मूर्ति मन्दिरमा, बेकार देख्छु ।

भन्दै थिए द्धन्द्व सकियो रे मेरा बा
जता हेर्यो त्यतै मलिन्, मुहार देख्छु ।

तिम्लाई प्राण सम्झन्छु तिमी मुटु हौ
दिलमा चल्छ्यौ र त बाँच्ने, आधार देख्छु ।…..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *