Skip to content

चित्ता माथि जल्दै गर्दा


चित्ता माथि जल्दै गर्दा
पर्ला तिम्लाई राप अब,
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब ।।१।।

तिम्रो मेरा सम्बन्धको
गाँठो यहीँ पर्नु रै छ,
लेखान्तनै यस्तै भयो
अल्पायुमै मर्नु रैछ ।।२।।

निधारैको धोकेबाजी
मेटिदैछ छाप अब,
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब ।।३।।

आफ्नो मुटु दरो पारी
बिर्सिएर बाँच्नु मलाई,
कमी हुदाँ कतै मेरो
नरुनु त्यो आत्मा जलाई ।।४।।

अब आँसु झार्दा लाउन्न्
सान्तोनाको धाप अब,
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब ।।५।।

पानी बनी दर्के भने
सधैं बलेसीमा झर्छु,
तारा बनी चम्के भने
ज्योति तिमी तिरै छर्छु ।।६।।

नभन्नु नि मलाई छोडी
गर्यो उस्ले पाप आज,
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब ।।७।।

चित्ता माथि जल्दै गर्दा
पर्ला तिम्लाई राप अब,
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब………………दर्पण

1 thought on “चित्ता माथि जल्दै गर्दा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *