आँखाबाट झरेका ती
सबै आँसु हुने भए
म नि सँगसँगै रुन्छु
आऊ सँगै रुने भए ।।१।।
दुःख पीडा नबोकेरै
बाँचेको मान्छे को होला
एकपल्ट नरोई फेरि
हाँसेको मान्छे को होला ।।२।।
रोई रोई हाँस्न सक्छौ
मनको पीडा धुने भए
म नि सँगसँगै रुन्छु
आऊसँगै रुने भए ।।३।।
उकाली र ओरालीमा
कति कुरी बस्यौ होली
नदेखेर बहानामै
उस्कै घर नि पस्यौ होली ।।४।।
त्यो चोख्रो प्रीतले कहीँ
उस्को मन नि छुने भए
म नि सँगसँगै रुन्छु
आऊसँगै रुने भए ।।५।।
चार दिनको नासो मात्रै
भगवानको बन्धकी यो
यात्रा यात्रै बिच हाम्रो
चलेको छ जिन्दगी यो ।।६।।
हाम्रो जीवन सोचे जस्तो
कल्पना झैं हुने भए
म नि सँगसँगै रुन्छु
आऊसँगै रुने भए ।।७।।
आँखाबाट झरेका ती
सबै आँसु हुने भए
म नि सँगसँगै रुन्छु
आऊसँगै रुने भए …….दर्पण
