१
अरु कोही हैनौ तिमी, बैरी मेरै भन्छन्
कालापानी सुस्ता लगे, ठोरी मेरै भन्छन्
साँझ विहान सीमा वारपार गर्ने गारो भो,
हाम्रा गाउँका दिदी बहिनी, छोरी मेरै भन्छन्
२
तिम्रो दिलमा आउँछु म, बाटो बनाइदेऊ
तिमी घाऊ भए मलाई, खाटो बनाइदेऊ
फोहर सम्झी फाल्दैछौ गल्लीमा किन,
बरु तिम्रो पछ्यौरीको, टाटो बनाइदेऊ
३
बर्षै पिच्छे घरमा छिर्ने, कुत सम्झन्छौ की
कि त तिम्ले पनि मलाई, अछुत सम्झन्छौ की
मलाई देख्दा आतिएर भाग्ने गर्छौ आजकाल,
मसानघाट्मा डुल्ने मलाई, भुत सम्झन्छौ कि
…….दर्पण
