Skip to content

हामीसँग केही हुन्न मर्दा कात्रो बेर्नु बाहेक


मातृभूमि मिचिएको
टुलुटुलु हेर्नु बाहेक,
हामी सँग केही हुन्न
मर्दा कात्रो बेर्नु बाहेक ।।१।।

हेर्दा हेर्दै सुस्ता खाए
गरिब थिए धनी भए,
हाम्रा दाजु भाइले चाहिँ
बोल्ने नयाँ भाषण पाए ।।२।।

हर्ताकर्ता छैनन् ज्यानकै
बाँच्न स्वास फेर्नु बाहेक,
हामी सँग केही हुन्न
मर्दा कात्रो बेर्नु बाहेक ।।३।।

भर पछौं हामी तीनकै
भगवान् मानी ढोक्छौं
गारो साहो पर्दा अँझैं
तिनकै लुङ्गी कछाड बोक्छौं ।।४।।

सक्दैनौं हामी केही गर्न
घरकै सीमा घेर्नु बाहेक,
हामी सँग केही हुन्न
मर्दा कात्रो बेर्नु बाहेक ।।५।।

द्धन्द हैन हामी बिच
भाइचारा हुनु पर्छ,
मातृभूमि रुदाँ खेरि
हाम्रो मन नि रुनु पर्छ ।।६।।

नत्र यस्तो देश हाम्रो
भनी कागजमा कोर्नु बाहेक,
हामी सँग केही हुन्न
मर्दा कात्रो बेर्नु बाहेक ।।७।।

मातृभूमि मिचिएको
टुलुटुलु हेर्नु बाहेक,
हामी सँग केही हुन्न
मर्दा कात्रो बेर्नु बाहेक …….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *