Skip to content

आन्दोलनमा होमीएथ्यौं हटाउन भनी राजा

BharatTimalsina-02

आन्दोलनमा होमीएथ्यौं
हटाउन भनी राजा,
अझै पनि मुटु माझ
छ नि त्यही घाऊ ताजा।।१।।

कति मरे कति सडे
कस्लाई के थाहा छ र,
आफ्नै धोक्रो भरे साथी
पर्नु हुन्न यिनको भर ।।२।।

बनाउ एउटै कर्मथलो
देश सबको हो नी साझा,
अझै पनि मुटु माझ
छ नि त्यही घाऊ ताजा ।।३।।

लड्न किन दाजुभाई
हतियार उठाउँदैछौं
हाम्रो सिङ्गो देश नेपाल
फेरी किन फुटाउँदै छौं ।।४।।

विकासको विगुल फुकी
बजाउँ एकै थरी बाजा
अझै पनि मुटु माझ
छ नी त्यही घाउ ताजा।।५।।

कठै बरा सडक तिर
डौडन्छिन् रे अझै आमा,
मृत छोरा छारी लाई
सिलाउँन भोटो जामा ।।६।।

भुट्टे आज हाम्रा इच्छा
चढाउन भनी लाजा,
अझै पनि मुटु माझ
छ नी त्यही घाऊ ताजा ।।७।।

आन्दोलनमा होमीएथ्यौं
हटाउन भनी राजा,
अझै पनि मुटु माझ
छ नि त्यही घाऊ ताजा…दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *