Skip to content

चन्द्र सूर्य निधारैमा, डाम देखियोस


चन्द्र सूर्य निधारैमा, डाम देखियोस ।
लाँदा घाट मलामीको, लाम देखियोस ।

दाऊराको ओछयानमा, दागबती लिई
जल्दा लास यै धर्तीको, घाम देखियोस ।

मुटु भरी बस्दा माया, मातृभूमिको नै
छातीभरी लेकबेसी, गाम देखियोस ।

मयुरले प्वाँख छरी, कोईली कुहु गर्दा
हराभरा वसन्तकै, याम देखियोस ।

इन्द्रेणीले रङ्ग भरी, झरनाले गाउँदा
मेरै देशको गुराँस् फुल्ने, ठाम देखियोस ।…….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *