Skip to content

आफ्नो मन आफैं बाँधी


आफ्नो मन आफैं बाँधी
अन्तै माया फिजाउनु,
एक्कै क्षण याद आए
मन मुटु भिझाउनु ।।१।।

माया, घृणा, स्नेह, धोका
हामी बिच जे जे भए,
सम्हालेर राख्नु बैगुन
यादहरू जतिरहे ।।२।।

सपनीमा आएँ भने
हाँसी बरु गिज्याउनु
एक्कै क्षण याद आए
मन मुटु भिझाउनु ।।३।।

ती आँखामा छारो हाल्न
तिम्रा सामु रहिन म,
गुणी ज्ञानी सोच्चे जस्तो
तिम्रो मान्छे भइन म ।।४।।

सक्छौ अँझै तुष राखि
मेरो मन बिझाउनु,
एक्कै क्षण याद आए
मन मुटु भिझाउनु ।।५।।

दोषहरू सबै मेरै
तिम्रो दाषी मै बनुँला,
बाटो छेकी सोधे कसैले
म नै टाढा भएँ भनुँला ।।६।।

आफ्नो जीवन रङ्ग भरी
आफ्नै मान्छे रिझाउनु,
एक्कै क्षण याद आए
मन मुटु भिझाउनु ।।७।।

आफ्नो मन आफैं बाँधी
अन्तै माया फिजाउनु,
एक्कै क्षण याद आए
मन मुटु भिझाउनु …………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *