रुन्छौ किन हाँस्दै अघि, बढ्नु पर्छ अब ।
जङ्गे पिल्लर घेरा हाली, लड्नु पर्छ अब ।
दासत्वलाई लत्याएर, अघि बढ्दै जाऊँ
उन्नतिको शिखर तिर, चढ्नु पर्छ अब ।
इतिहाँसलाई विर्सिएर, बैरी भक्त भए
पापीमन चैँ खरानी भैं, डढ्नु पर्छ अब ।
दश नङ्ग्रा खियाउन, किन हुनु पराई
यै माटोको माया मनमा, गड्नु पर्छ अब ।
द्वन्द होइन देशमा रोज्न, भाइचाराको बाटो
बुद्धका ती दिव्य वाणी, पढ्नु पर्छ अब ।।………दर्पण
