Skip to content

नेपालीका आँखामा नै, डोल्नु छ मेरो देश


सर्जकका शब्दले नै, तोल्नु छ मेरो देश ।
नेपालीका आँखामा नै, डोल्नु छ मेरो देश ।

आधारशिला सानै होस, विश्व मानचित्रमा
अमूल्य छ त्यहीँ कहाँ, मोल्नु छ मेरो देश ।

आनुवंशिकता वरमा नै, हामी वीर नेपाली
भन कुन छाती भित्र, खोल्नु छ मेरो देश ।

बनाउँदै उपनिबेस्, यो मातृभूमिलाई
ज्युदै मरेतुल्य कहाँ, पोल्नु छ मेरो देश ।

अन्तिम यो प्राण पर्छ, जब मुत्युशैयामा
जय जय जय भनी, बोल्नु छ मेरो देश । ……..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *