Skip to content

राज मात्र रह्यो अब हराएर निति


हेर्दा हेर्दै फोहरी भो
देशको राजनिति,
राज मात्र रह्यो अब
हराएर निति ।।१।।

कति चाँडो विर्से हेर
गोलीको त्यो घाऊ,
जस्ले सक्यो उस्ले यहाँ
लगाउँछन् दाऊ ।।२।।

आयो चुनाब अब फेरि
हाँसे खितिखिति,
राज मात्र रह्यो अब
हराएर निति ।।३।।

कालो पत्रे रातो भा थ्यो
लड्दा कराएर,
जितेका थ्यौं अनि हाम्ले
शासन् हराएर ।।४।।

अनि आयो गणतन्त्र
प्रजातन्त्र जिति
राज मात्र रह्यो अब
हराएर निति ।।५।।

सिद्धान्तको लडाईँभन्दा
हातेमालो गर,
बनाउनु पर्छ देश
बुझी अघि सर ।।६।।

नत्र कालो मोसो लाउँला
तोकी नयाँ मिति,
राज मात्र रह्यो अब
हराएर निति ।।७।।

हेर्दा हेर्दै फोहरी भो
देशको राजनिति,
राज मात्र रह्यो अब
हराएर निति………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *