Skip to content

तिमी आफैँ भन ! म के सम्झुँ ?


जीउ ताने झैँ गर्दै दायाँ अनि बायाँ
मुन्टो हल्लाउनुको अर्थ म के सम्झुँ ?
हुन्छ सम्झुँ या हुन्न !
तिमी आफैँ भन ! म के सम्झुँ ?

अरुलाई छल्दै मलाई हेर्दै बेला–बेलामा
आँखा झिम्काउनुको अर्थ म के सम्झुँ ?
आउँ सम्झुँ या नआउँ !
तिमी आफैँ भन ! म के सम्झुँ ?

त्यहाँ हेर्दा–हेर्दै मलाई रिसाएझैँ घरी–घरी
घुरी आँखा तर्नुको अर्थ म के सम्झुँ ?
बुझेँ सम्झु या बुझिन !
तिमी आफैँ भन ! म के सम्झुँ ?

मुझा पार्दै ओठहरू मुख बङ्ग्याई घरी–घरी
फेरी झड्का दिनुको अर्थ म के सम्झुँ ?
सही सम्झुँ या गलत !
तिमी आफैँ भन ! म के सम्झुँ ?

पुस्कल पौडेल (––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *