बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?


बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?
छिया–छिया भै चर्केको मुटु, फोरेर पो के गर्छौ ?

आफैँ माया पाइए पाइन्छ, नत्र माया चोर्न नथाल
जस्तो पायो त्यस्तै तिमी, सबै माया सोर्न नथाल ।।
तिम्रो सामु एक छैन, सबै सोरेर पो के गर्छौ ?
छिया–छिया भै चर्केको मुटु, फोरेर पो के गर्छौ ?

फकाई फुल्याई धम्क्याएर, कसैको माया पाउन सकिन्न
माया थोर–थोरै पाइए पनि, अमर माया लाउन सकिन्न ।।
मुटुमा करलागी कसैको नाम, कोरेर पो के गर्छौ ?
छिया–छिया भै चर्केको मुटु, फोरेर पो के गर्छौ ?

बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?
छिया–छिया भै चर्केको मुटु, फोरेर पो के गर्छौ ?

पुस्कल पौडेल (–––प्रतिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *