Skip to content

फर्केर आउन्नौ तिमी मेरो मनले भन्दै छ


फर्केर आउन्नौ तिमी मेरो मनले भन्दै छ
दिन–प्रतिदिन मेरो अवस्था दयनिय बन्दै छ ।।

तिमीलाई सम्झिँदा मात्रै पनि मुटु बेजोडले धड्किन्छ
दन्किन्छ आगो छातीमा लाग्छ बिष्फोट भई पड्किन्छ ।।
झुटो आश गरिकन मनले दिन महिना गन्दै छ
दिन–प्रतीदिन मेरो अवस्था दयनीय बन्दै छ ।।

मिलनको आशमा बिछोडको पीडाले मुटु बिरामी भैसक्यो
मुटु कमजोर भै सुस्ताउन थाल्यो मन एक्लिदै गैसक्यो ।।
कमजोर मुटु पुर्न छातीमा मनले खाल्डो खन्दै छ
दिन–प्रतिदिन मेरो अवस्था दयनिय बन्दै छ ।।

फर्केर आउन्नौ तिमी मेरो मनले भन्दै छ
दिन–प्रतिदिन मेरो अवस्था दयनीय बन्दै छ ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *