Skip to content

रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ

तिम्रा चोटहरूसँग, मैले प्रीत गाँसिसकेँ
रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ ।।

मन भरी चोट पाली, मायै–माया दियौ किन ?
मेरो अघी हाँसे पनि, पछि आँशु पियौ किन ?
अटाउने ठाउँ भरी, तिम्रो माया साँचिसकेँ
रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ ।।

आँशु जति दिई मलाई, सधैँभरि तिमी हाँस्नु
अमर हुने वर छैन, मेरो सट्टा पनि बाँच्नु ।।
बाँच्नु मेरो जति थियो, तिमी द्धारा बाँचीसकेँ
रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ ।।

तिम्रा चोटहरू सँग, मैले प्रीत गाँसिसकेँ
रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *