Skip to content

रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी

भौतारिने छैन अब आफ्नै, भाग्य सँग हारी
रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी ।।

तिम्रो वियोगमा रुँदा–रुँदा, आँशु सुकिसक्यो
मुटु पनि अब दुख्ने छैन, दुख्नु दुखिसक्यो ।।
रमाई–रमाई यो मुटुमा, गयौ पिडा सारी
रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी ।।

भन्थ्यौ तिमी जुनि–जुनिसम्म, हामीसँगै बसम्
छाडी गयौ आज आखिरीमा, भुली बाचा–कसम् ।।
जीवनमा साथ दिन्छु भन्थ्यौ, गयौ मायै मारी
रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी ।।

भौतारिने छैन अब आफ्नै, भाग्य सँग हारी
रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *