प्रकाशिलो हुन्छ संसार
प्रकाशिलो हुन्छ संसार
ल्याउँ मिली नयाँ बहार
खिचातानी नगरौं हामी
मार्ग बन्छ मूख्य आधार
कल कल पानी
कल कल पानी छल छल गर्ने
सुमधुर स्वर सुधारस छर्ने
प्राकृतिक मनको बन्छ सागर
दिव्यपुरीमा कौतुहल भर्ने
चढ्नुछ उकालो
चढ्नुछ उकालो पसिना बगाई
चुम्नुछ चुचुरो प्रभुत्व सजाई
कर्मका फल त जबजब मिल्छन्
तब तब मन बोल्छ भयो रजाई
बाँसुरीको तमलमा
बाँसुरीको तालमा गोलेनी भूलेका
कृष्णजीको अगाडि तिनैछन् झुलेका
ती राधा पियारी मनैमा छन् गडेकी
देख्छु ती गोलेनीइ विनारस डुलेका
मिति २०७० चैत्र१२
सदानन्द अभागी
