काम दाम उस्तै उस्तै रूपमात्रै फेरिएको
संस्कार र प्रवृत्तिमा पूर्वरूपले घेरिएको
ठूलो आशा गर्नु हुन्न यिनको भर पर्नु हुन्न
कहाँ भूल्न हुन्छ सबले सबको गला सेरिएको
अब पनि नाटक हेर्दा पथ्य र नेपथ्यको
विकृति र विसङ्गति अति रैछ बेरिएको
राष्टूभक्ति मुखमा मात्रै भावनामा शून्य
अँझै पनि व्यवहार उस्तै रैछ् ढेरिएको
बोल्न हुन्न कुनै कुरा तिनको विपरितमा
कस्ले बुझ्ने सारा पीडा मनमा केरिएको
