Skip to content

प्रेम सागर तर्ने


प्रेम सागर तर्ने भए बनाइदिन्छु पुल कान्छी
प्रेम हार लगाइदिन खोजेको छु फूल कान्छी

शरीर तिम्रो लम्चिलो पुष्ट पुष्ट गाला तन
सुन्दरतामा झुम्मिएको भमराको हूल कान्छी

हृदयको मन मन्दिरमा तिम्रो पूजा गरें मैले
तिम्रा पछि अनेक देख्दा उठ्न गयो शूल कान्छी

फूल हुनु सुवास हो सुवासमा रम रमौं
प्रेममधु बन्यो सिन्धु पोखरीमा झुल कान्छी

अरु भन्नु केही छैन पुकारको रास लाग्यो
एड्स भोगी बनी रोगी डुलाई छ त डुल कान्छी

2 thoughts on “प्रेम सागर तर्ने”

  1. धेरै मीठो गजल सर ! यहाँका गजल
    धेरै मीठो गजल सर ! यहाँका गजल पढ्दा धेरै आनन्द आउँछ |

  2. म धेरै अघिदेखि ‘मझेरी’ वेब
    म धेरै अघिदेखि ‘मझेरी’ वेब साइटको पाठक थिए यसमा प्रकाशित हुने साहित्तिक खुराकले साहित्ते अनुरागिको त्रीस्ना मेटाएको छ , यसको अझै प्रगतिको कामना गर्दछु |

Leave a Reply

Your email address will not be published. Required fields are marked *