सुन्दरताको खोजी गर्दा सुन्दर मिल्छ फूल सानु
पार लाउन गाह्रो रैछ मन मन्दिरको पुल सानु
हो जति सराब पिए पनि पियास मेटिदैन हेर
प्रेम सागर हो यो संसार सयलमा झुल सानु
संञ्चितकर्म छाडीधर्म हुन्न पियास मेट्न कहीं
कसै छाड्न हुन्न खोजीगर्न पवित्र त्यो मूल सानु
शान्तिकामी संसार बन्दा मानवको हुन्छ खोजी
आज जता ततै देखिन्छ अपराधीकोे हुल सानु
प्रेम मूल थुनिदैन प्रयत्नको बावजुद हेर
पवित्र हो प्रेमलीला उदारतामा खुल सानु
