Skip to content

प्रेमसिन्धु केन्द्रविन्दु

  • by


प्रेमसिन्धु केन्द्रविन्दु पवित्रमूल जान हजुर
अन्तर आत्मा मिलनमा महानता ठान हजुर

चोरी चोरी हेर्दा मिल्छ मादकस्वाद मीठै मीठो
मादकतामा पूर्ण हुन्छ रम्य संसार मान हजुर

घटना हो हुन सक्छ, अनि बज्र कहीं पर्न सक्छ
विवेक बिना कहाँ सफल शुद्धताको दान हजुर

कायरताको भारी बोकी हिड्ने कोही प्रेमी भए
मृतलास सरी बस्छ जन्मेको हो त्यो खान हजुर

प्रेमिकाको मृदुस्वर प्रेम मिलनमा हुनै पर्छ
तब मिल्छ अन्तिम सार प्रेम पहिचान हजुर

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *