सुकर्मी र कुकर्मी त आपसमा लड्छन्
सुकर्मीमा अग्नि हुन्छ कुकर्मी त डट्छन्
सुकर्म ज्योति हो त्यसमा हुन्छ प्रकाश
विद्वानले कर्मथलो बाटो लिई बढ्छन्
ज्योति बनौ मोती झकौ सदाचारी बनी
निहित ती स्वार्थी व्यक्ति स्वार्थमा नै सड्छन्
सत्यं शिवं सुन्दरम् हो सत्यवादी मन्त्र
सत्यभारी बोक्ने जति स्वपानमा चढ्छन्
स्वावलम्वी बनी कामी हाम्रो मन बढोस्
कर्मथलो सबको भलो सुकर्मी त अड्छन्
सदानन्द अभागी

Comment
अभागी जी
तपाईले लेखेका हरेक रचनाहरु मलाई एकदमै मनपर्छ