नैतिकवान लड्दा खेरि हार्नु पर्दैन जेठा
मोहनीको मन्त्र सुनाई खार्नु पर्दैन जेठा
मातृपूजा पितृपूजा जिउँदो छँदै गर्दा राम्रों
आडम्बरी वरखी हामी बार्नु पर्दैन जेठा
प्रेम गरौं सँगै बसौं शुद्ध भाव धारणमा
यो सुद्धताको माया प्रेम मार्नु पर्दैन जेठा
धनकी त लक्ष्मीपति भावनाको छुद्र रैछौ
छुद्रतालाई कसै कहाँ सार्नु पर्दैन जेठा
जीवधन आत्मीयता महान हो जान्नै पर्छं
त्यागीमुनि भावनालाई टार्नु पर्दैन जेठा
