विश्वव्यापी राजनीति हुन्छ गोटी चाल
वेइमानी गरी गरी नार्न थाल्छन् खाल
सिधासादा जनताको सुझबुझ राम्रो
फटाहाले आगो झोस्ने टाङ््नु पर्ने पाल
सकल यो पृथिवीमा सज्जनको खाँचो
रजाइँ छ दुर्जनको कस्को गल्ने दाल
आज भाेिल सबैको नै दिन टार्न धौ धौ
गरिबीको बोझ ठूलो डाक्ने भयो काल
दुःख सुख बोकी बोकी अघि बढ्नु पर्छ
चर्किएको भाग्य मेरो टाल्न सके टाल