Skip to content

एक्लै जिउन गाह्रो भयो


एक्लै जिउन गाह्रो भयो, सघाउन आऊ न प्रिय
मेरै हात्को सिन्दुर टीका,लगाउन आऊ न प्रिय

पिरतीको खडेरीले, सुकेको मेरो मनलाई
बाढी बनी मायाको, बगाउन आऊ न प्रिय

पिरतीको फूलबारीमा, भमरा झैं डुल्दै हामी
दुई मुटु एकै धड्कन, बनाउन आऊ न प्रिय

यो मनले त रोजी सक्यो, हृदयमा सजाई सक्यो
के छ त्यो मनमा हजुर, बताउन आऊ न प्रिय

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *