किन ? पठाएनौ तिमीले
नयाँ वर्षको शुभकामना मलाई
किन ? भनेनौ तिमीले
नयाँ वर्षको शुभकामना मलाई
हतारिंदै थिएँ म,
अतालिंदै थिएँ म,
तिम्रा मिठा शब्दहरू पढ्नलाई
तर, मेरा ठम्याईहरू गलत साबित भए आज
मेरा सारा बुझाईहरू झुठा साबित भए आज
फेरि अर्को एउटा
निराशाको तिखो संगीन
रोपिएको छ आज मुटुमा
पुरानो घाऊ नओभाउँदै फेरि नयाँ
थपिएको छ आज मुटुमा
त्यसैले त ढुकढुकी
प्रश्न गरिरहन्छ आज भोलि
खोइ त ? नयाँ वर्षको शुभकामना
खोइ त ? नयाँ वर्षको शुभकामना
वसन्त दहाल
