Skip to content


च्यातेर परेली
तिम्रो यादमा रोइरहने यी नयनहरू
फुत्त बाहिर निकाली ढुंगामा राखेर
प्याट्ट फुटाउने मन छ आज मलाई !

ठूलो हम्बरले टाउकोमा बेस्सरी हानेर
तिम्रो यादको पोको बोकिरहने
मस्तिष्कको नशा र धमनीहरूलाई
च्वाट्ट चुँडाउने मन छ आज मलाई !

ता कि,तिम्रो यादमा अबदेखि रुन नपरोस्
तिम्रै यादमा पागल जस्तो हुन नपरोस्

कति शक्तिशाली छ तिम्रो याद
मेरो परेलीलाई सोधी हेर !
कति शक्तिशाली छ तिम्रो याद
मेरो कलेजीलाई सोधी हेर !

उफ !
तिम्रो याद !
अति शक्तिशाली छ तिम्रो याद !!

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *