Skip to content

मेरो लाश चितामा जल्दै गर्दा


मेरो लाश चितामा जल्दै गर्दा
रापिएका मुढाहरू बल्दै गर्दा

तिमी नजिकिंदै एउटा तस्बिर् खिच्नु
मेरो शरिर आगोमा गल्दै गर्दा

एकछिन पछि म खरानी हुन्छु
मलामीको जुवा-तास चल्दै गर्दा

अब म केवल भुत भै आउछु रे
रातको अङ्गालोमा दिन ढल्दै गर्दा

बसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *