हजार चोट जस्ले दियो उस्कै यादले पिर्छ किन
बन्द अतित घरिघरि सम्झनाले चिर्छ किन
पत्थर जस्तै कठोर बनाउन खोज्छु मनलाई
जस्तै कठोर मन पनि उनको सामु गिर्छ किन
देखे पनि उनीलाई नदेखे झैं गर्न खोज्छु
तर नजर घरिघरि उनैतिर फिर्छ किन
सम्बन्धको आकाशमा कालो बादल लागे पनि
आशै आशको झोली मन्ले सधैं सधैं भिर्छ किन
हजार चोट जस्ले दियो उस्कै यादले पिर्छ किन
बन्द अतित घरिघरि सम्झनाले चिर्छ किन
