एक)
पहाड फोडेर देशमा, रेल कुदाउने मेरो सपना
गाउँ बस्तीमा विकासको, भेल कुदाउने मेरो सपना
कहिले पुरा हुन्छ त्यो त, समय आएसी भन्छु हजुर
देशका सबै भ्रष्टलाई, जेल कुदाउने मेरो सपना
दुई)
छिट्टै एउटा नयाँ शक्ति, जन्माउनु पर्छ अब
बेहुली झैं विकासले देश, अन्माउनु पर्छ अब
विवेकशील युवाहरू, एकजुट भएर नै
हिरा जस्तै राष्ट्रलाई, चम्काउनु पर्छ अब
तीन)
रक्सी खाको ड्राइभरले गाडी कुदाएको जस्तो
रमिता हेर्न मानिसले साँढे जुधाएको जस्तो
ठ्याकै यस्तै लाग्छ मलाई मेरो देशको हालत
जन्मदिने आमालाई भोक्-भोकै रुवाएको जस्तो
बसन्त दहाल
